ओली कप: उपाधिका लागि मधेस प्रदेश र आर्मी भिड्ने
पाेखरा | मंसिर १४, २०८०
Photo: Umesh Pun
पोखरा: पोखरामा जारी केपी ओली कप टि–२० क्रिकेट प्रतियोगिताको उपाधिका लागि विभागीय क्लब त्रिभुवन आर्मी क्लब र मधेश प्रदेश भिड्ने भएका छन् ।
पोखरा रंगशालामा आज (बिहीबार) भएको दोस्रो सेमिफाइनल खेलमा नेपाल एपिएफ क्लबलाई ११ रनले पराजित गर्दै मधेश प्रदेशले फाइनलमा आर्मीसँगको भेट पक्का गरेको हो ।
टस जितेर पोखरा रंगशालामास्थित क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको मधेस प्रदेशले एपिएफ क्लबलाई १९८ रनको विशाल लक्ष्य दिएको थियो । १९८ रनको पछ्याएको एपीएफ २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ८६ रन मात्र जोड्न सक्यो ।
मधेसका लागि अनिल शाह ५७ र इम्रान शेखले ५० रन बनाएर आवट भए । पवन सराफले ३३, रुपेश सिंहले २१, हिमान्शु दत्तले १५ र कप्तान हरिशंकर शाहले १० रन बनाए ।
एपीएफलाई पराजित गर्न मधेस प्रदेशका विशाल पटेल ३ विकेट र हरिशंकर शाह र प्रदिप पासवानले समान २/२ विकेट लिए ।
एपिएफका लागि ओपनर प्रदिप एैरीले ५५ रन जोडेपनि त्यो जितका लागि पर्याप्त भएन । यस्तै सन्दीप जोराले विस्फोटक ब्याटिङ गर्दै ३१ बलमा ५ छक्का र ३ चौकाको सहयोगमा ५४ रन जोडे । लोकेश बम ३२, भुवन कार्कीले १४ र सुमित महर्जनले १३ रन बनाए ।
बलिङतर्फ एपीएफका मौसम ढकालले सर्वाधिक ३ विकेट लिए । अमर रौटेलाले २ विकेट र पुरन विकले १ विकेट लिए ।
प्रतियोगिताको फाइनल खेल शुक्रबार बिहान ११ बजेपछि हुने आयोजकले जनाएको छ ।
मदन भण्डारी स्पोटर्स एकेडेमी केन्द्रीय कमिटीको आयोजनामा पोखरा रंगशालामा जारी प्रतियोगिताका विजेताले ५ लाख, उपविजेताले २ लाख ५० हजार नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।
म्यान अफ द सिरिजले नगद ३० हजार, बेस्ट बलरले नगद २० हजार र म्यान अफ द म्याचले नगद ५ हजार रूपैयाँ नगद प्राप्त गर्ने आयोजकले जनाएको छ ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

